दोहोरी मुक्तक

5th Oct 2010 मंगलबार मैले Bishnu वैकुण्ठेज्यूको स्टाटसमा एक मुक्तक शेयर गरेको पाएँ । उक्त मुक्तकको प्रतिकृया दिने क्रममा मैले मुक्तकबाट नै झटारो हान्ने अवसर पाएकी थिएँ । अनलाइनबाट यो क्रम करिब दुई घन्टासम्म निरन्तर चलिरह्यो र अन्त्यमा मुक्तक दोहोरी बन्न पुग्यो । जुन यस्तो थियो..





  • Bishnu बैकुण्ठे

  • जहाँ फूल हुन्छ त्यहाँ भमरा धाउँछन् ।

    रस हुन्छ त धाउनेले सन्तुष्ट पाउँछन् ।।
    चुस्न पाउञ्जेल सबै दिनरातका पाहुना...
    ओइली झरेपछि लात्तीले हिर्काउँछन्
  • Bhagawati बस्नेत 
     माया गर्न जानु पर्‍यो रस दिने त्यो फूललाई ।
    कस्ले देला फेरि डुल्न लात्ती हान्ने त्यो भूललाई।।
    दिनरात प्यासी बनी तिर्खाएर धाउनेहरु
    जतनले जोगाइ राख पानी दिने त्यो मूललाई।।






  • Bishnu बैकुण्ठे

    बैगुनी छ यो दुनियाँ आफ्नो स्वार्थ मात्र हेर्छन् ।
    रस नपाए आफ्नो छोडी अर्कै फूल ताकी फेर्छन् ।।
    जतन गर्ने समयमा खटन गर्ने धेरै भए...
    यो दुःखीको पीर व्यथा अब कसले टेर्छन् ???




  • Bhagawati बस्नेत

    बैगुनिलाई गुनले मार्ने छैन यहाँ चलन
    फुल रोज्दै हिंड्नेहरु एक दिन त रोलान
    जतन गर्न जान्नेले दिनु किन खटन गर्न
    आफ्नो दु:ख आँफै हर्न जान्नु पर्छ मदन ...




  • Bishnu बैकुण्ठे

    बैगुनीलाई गुण छर्न बाटो मोड्नु पर्यो ।
    आफ्नो दुःख आफै हर्न नेपाल छोड्नु पर्यो ।।
    दुःखमाथि विपत्ति आउँदा गुण बैगुनी भो...
    त्यसैले त मुना मैले अर्कै जोड्नु पर्यो ।।




  • Bhagawati बस्नेत

    पौरखी हातहरु जहाँ गए नि हुन्न खाली!
    कहिले दु:ख कहिले सुख संघर्ष हो जिन्दगानी !!
    सुख दु:ख जे भए नि बाढौला नि बराबरी !!!
    दशैं मान्न जसरी नि घर आउनु यसैपली!!!!




  • Bishnu बैकुण्ठे
    कर्मठ मेरा हात बोकी मुग्लानतिर धाउँछु ।
    मेरी प्यारी मूना तिम्लाई हृदयमा पाउँछु ।।
    घर-आँगन, छोरा-छोरीसँग मन भूलाऊ...
    यसपालीको दशैं नभए अर्को साल आउँछु ।।




  • Bhagawati बस्नेत

    ती पौरखी हातहरु आफ्नै देशमा लाए हुन्छ !
    साच्चै मेरो माया भए छिट्टै फर्की आए हुन्छ !!
    सधैं टाढा हुने भए किन चाहियो साथ यहाँ !!!
    अर्को साल आउने भए मुग्लन तिरै धाए हुन्छ !!!!

    • Bishnu बैकुण्ठे
    बाध्यतामा मुग्लान् जानु कुन दैवको खेल हुन्छ ?
    मुना तिमी कठोर हुदा आफैभित्र जेल हुन्छ ।।
    मुग्लानी धन साथमा ल्याउँदा दुःख हाम्रा भाग्नेछन्....
    धैर्य गर तिम्रो-मेरो आउने सालमा मेल हुन्छ ।।

  • 1 comments

    1. Kancha says:

      maza aa gaya dhohari padhkar.... waiting for next thx.

    Leave a Reply

    Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati