चोटै चोट खाए पछि जाने जिन्दगीलाई
दुखिरहने घाऊ सरी माने जिन्दगीलाई!
घट्ने होइन पीरको बोझ बढिरहने सधैभरि
हजार पीडा सही बाँच्नु माने जिन्दगीलाई !!
२ मुक्तक
लाली गुराँस ढकमक फुल्दै होलान् बनैभरि
एैसेलु र काफलको याद आउँछ घरिघरि ।
कोइली पनि गाउँदै होला कुहु कुहु मिठो भाका
गाउघर कै सम्झनाले सताउँछ सधैंभरी
३ मुक्तक
उठ्न खोज्यो खुट्टा तान्छन अप्ठयारो छ बाटो
आफ्न आफ्ना दर्शनको पार्छन बेग्लै गाँठो !
विभेदिय आचार बिचार संभ्रान्त भनाउँदाको
मै हुँ भन्छन जान्ने सुन्नेको सधैंको छ फाटो !!
४ मुक्तक
बाध्यताले भाको छु परदेशी
टाढा भा'नी माया छ झनबेशी !
चोखो माया राखेछु सम्हाली
फर्किएर गरौँला गाउँबेशी !!

१
