
आज अर्पन मलिनो अनुहार बनाएर बसेका छन् । धेरैदिन अगाडिदेखिको ठुलै चोट परेजस्तै देखिन्छ उनलाई । बाहिर घमाईलो मौसम हुँदै गर्दा पनि उ भित्रै आमाकै वरपर लुटुपुटु गरिरहेको छ । आमाले के भन्नुभएछ कुन्नि! उनि भन्दै थिए, – “हजुरले मेरो लागि कै नै गरिदिनुभएको छ र?, यो पटक मेरो जन्मदिनमा नमनाई दिने ? मेरा साथीहरु भने क्या स्मार्ट भएर हिडछन् । मेरो भने न भनेको जस्तो कपडाहरू नै छन्, न भनेको जस्तो जुत्ता नै । यस्तो टिन्यजर छोराको चाहना बुझिदिनु पर्छ नि मामु हजुरले । अहिलेको जमाना कहाँ पुगिसक्यो । कलेज जानको लागि न एउटा फेसनयबल ब्याग पनि छैन । खाजा खानको लागि पैसा पनि मागिरहनु पर्ने । अनि कलेजमा दाइदिदिहरूको फेरवेल पार्टी पनि छ । नयाँ कपडा लाउनु पर्ने । सबै साथीहरु बाइकमा कलेज आउछन, आफु चै बसमा कोचिएर कलेज् जानु पर्ने ! यो जन्मदिनमा त मलाई बाईक नभै हुन्न है मामु ! बाइक नभए त म भोलिबाट कलेज नै जान्न । यस्तो पैसाको अभाव हुनेले किन छोरा पाउनु होला.....!”
आमा सम्झाउदै भन्छिन् –“छोरो हामी साधारण परिवारको मान्छे, तिमीले भने झै गर्न, कि तिम्रो बाबाले २ नम्करी धन्दा गर्नु पर्यो, कि त भ्रष्टाचार गर्नु पर्यो नत्र त कहाँ पुग्छ र? तिम्रो बाबाको कमाइले काठमान्डौमा बिहान बेलुकाको हात मुख जोर्न त मुस्किल छ, तिम्रो माग कसरी पूरा गरूँ म.....!”
छोरो फेरि जङ्गिन्छ –“यस्तो भनेको पुर्याउन नसक्नेले किन महँगो कलेजमा छोरोको भर्ना गर्नु? महँगो कलेजमा पढेपछि छोरो नि महङ्गो हुन्छ भन्ने थाहा छैन! यस्ताले त सरकारी कलेजमा पढाएको भए भईहल्थ्यो नि ..!”
आमा केहि नबोली मनभरि कुरा खेलाउँदै बजार जान्छिन् । दिनभरिको बजार सकेर फर्कदै थिईन् । घर नजिकै पुगेपछि बाटो काट्नुपर्ने थियो । मनमा कुराहरू खेलिरहेकाले बाटो वरपरको ख्यालै गरेकी थिईनन् । नभन्दै बाटो काट्दै गर्दा तेजसँग आएको बाइकले ठक्कर दिन्छ । आमा गर्ल्याम्म ढल्छिन र बाटोमा पछारिन्छिन् । रगताम्मेसँगै बेहोस् हुन्छिन् । एकैछिनमा वरपरका सबै मानिसहरू जम्मा भएका हुन्छन् । उनको हातमा छोराको लागि जन्मदिनको केक अर्डर गरेको बिल र छोराको लागि ल्याएको कपडाहरू हुन्छन् । तर छोरालाई भने आमा दुर्घटनामा परेको थाहा हुँदैन । किनकी छोरो कुनै ब्याचलर पार्टीमा ब्यस्त हुन्छ ।
