गजल

१.गजल


यी नेताले देशलाई न त दिए शान्ति
संविधानको काम छाडी, बाँडे मात्र भ्रान्ती

समय नि बित्न लाग्यो, हात लाग्यो सून्य
बानेश्वरमा भोज खान्छन्, ६०१ को जन्ती


बीरवलको खिचडीझैं, पाक्दैछ रे के के
जनताको मुहारमा, छैन कुनै कान्ति

२.गजल

दलहरूले देशलाई न शान्ति न संविधान ।

भएनन किन यिनी धैर्यशील र शालीन

द्वन्द्व अशान्ती जनताको उठिबास
मुस्किल छ समस्याको समाधान

जनतलाई दु:ख भोकै मजदुर
किन प्यारो सधैं बन्द आन्दोलन ?

गणतन्त्र भन्नु मात्र अस्तब्यस्त देश
अति भयो भन्ने कस्ले गर्ने मनन ?







0 comments

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati