गजल

      गजल

मनभरी तनभरी तिमी मात्र छाउनु सँधै
बिपनामा नसके नि सपनी मै धाउनु सँधै

पँधेरीमा कुर्दैछु म जूनसँगै आउँछौ भन्दै
म त तिम्रो छायाँ न हुँ चोखो माया लाउनु सँधै

बन पाखा शुन्य लाग्छ तिमी विना जीवन छैन
जिन्दगीमा रमाएर हाम्रो गीत गाउनु सँधै

आकाश छुन पर्दैन भो भन्या छैन सागर तर्न
बिन्ती गर्छु मेरो लागि छालसित आउनु सँधै

जिन्दगीको लामो यात्रा सफल र सहज पार्न
हिम्मतले अघि बढदै सफलता पाउनु सँधै

2 comments

  1. Basanta says:

    सुन्दर भाव! मिठो गजल!

  2. हार्दिक धन्यवाद बसन्त सर,उमेश जी मिठो प्रतिकृयाको लागि...

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati