गजल
मनभरी तनभरी तिमी मात्र छाउनु सँधै
बिपनामा नसके नि सपनी मै धाउनु सँधै
पँधेरीमा कुर्दैछु म जूनसँगै आउँछौ भन्दै
म त तिम्रो छायाँ न हुँ चोखो माया लाउनु सँधै
जिन्दगीमा रमाएर हाम्रो गीत गाउनु सँधै
आकाश छुन पर्दैन भो भन्या छैन सागर तर्न
बिन्ती गर्छु मेरो लागि छालसित आउनु सँधै
जिन्दगीको लामो यात्रा सफल र सहज पार्न
हिम्मतले अघि बढदै सफलता पाउनु सँधै
सुन्दर भाव! मिठो गजल!
हार्दिक धन्यवाद बसन्त सर,उमेश जी मिठो प्रतिकृयाको लागि...