शुभकामना

दशैँ
आफ्नो संस्कृति संस्कार सबैलाई मन पर्छ फेरि हाम्रो राष्ट्रिय पर्ब अफिस, स्कुल सबै बिदा सम्पूर्ण परिवार साथमा बसेर मनाउने, परदेश जानेहरु नि घर परिवार सम्झेर फर्कने दशैं नामै राम्रो चाडै राम्रो। केटा केटी देखि बुढाबुढी सबै दङदास् । दु:ख सुख जसरी होस,चाड मनाउने सबै तम्तयार। स्वदेशमा हुन या बिदेशमा,मन रमाउने भुल्नै नसकिने चाड यो। चाडै चाड भएको देश भएपनि यो चाडमा त पत्र पत्रिका बन्द हुने गरी मनाइन्छ। चक्का जाम,हडताल देखि गुरिल्ला युद्द पनि दशैमा बन्द गरिन्छ। शान्ती अशान्ती सबै थप्प गरेर परिवार तथा आफन्तसंग
भेटघाट गरी मनाउन चाड हो दशैं। सायद कत्ति साथीहरु घर जादै हुनुहोला कत्ति घर पुगी सक्नुभयो होला। बिदेशमा रहने खुशीको लागि जमघट हुने ब्यबस्था गर्दै हुनुहोला कतिपय त बिदेशमा दसैंको दिनमा नि काम गर्नु परेर नरमाइलो मान्दै हुनुहोला ।कोही एक दिन त अवस्य जमघट भएर बिछोड्का सम्पूर्ण दु:खदर्द भुलेर आफन्त अनि आफ्नो आगनमा खुशी हुँदै नाचने दिन्को कल्पनामा रमाउदै अहोरात खटेर दिनहरु बिताउदै हुनु होला साथीहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हाँसीखुशि रमाइलो सँग दसैं मनाउनु होला ।


बिजया दशमी २०६७को पावन अबसरमा सुख, शान्ति मन मा खुशी मुहार मा हाँसो निधार मा टिका शिरमा जमरा , उच्च विचार ,अनि सबल परिवार , झरना जस्तै निश्चल रहोस् भावना । गंगा जस्तै पवित्र रहोस् चाहना बिहानी उशाको किरण जस्तै रहोस् आशाका कल्पना । दुर्गा र काली को जस्तै रहोस् सङ्कल्प , नयाँ नौलो सधैं रहोस् बिकल्प । हरेक पाईला पाईलामा उन्नती र प्रगति सुस्वास्थको कामना सधै उच्च भावना, मेरो प्यारो संसारमा पाल्नु हुने सम्पूर्ण साहित्यकार प्यारा मित्रहरु, आफन्तजन ,गुरुजन र दिदी बहिनी दाजुभाइ सम्पूर्णमा,बिजया दशमीको यही छ मेरो शुभकामना!


0 comments

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati