गजल

गजल


जालझेल नभएको साचो माया खोज्दैछु म
सधैभरि साथ दिने पाको माया रोज्दैछु म।।

कोमल तिम्रो हृदय त्यो मनमन्दिरमा सजाएथें
किन यस्तो गर्यौ तिम्ले झस्किएर सोच्दैछु म।।

समयको गति सगै मन मोडि गयौ तिमी
मेरै भाग्य खोटो सझि आँफैलाई कोच्दैछु म।।

मलजल गरे धेरै तिम्रो माया बचाइ राख्न
निस्ठुरीलाई माया गरे,आज पीडा भोग्दैछु म।।

बाचा कसम तोडि माया ओझेलमा पारेकाले
सत्य तथ्य केलाएर कानुनले घोच्दैछु म।।

1 comments

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati