जहाँ फूल हुन्छ त्यहाँ भमरा धाउँछन् ।
रस हुन्छ त धाउनेले सन्तुष्ट पाउँछन् ।।
चुस्न पाउञ्जेल सबै दिनरातका पाहुना...
ओइली झरेपछि लात्तीले हिर्काउँछन्
माया गर्न जानु पर्यो रस दिने त्यो फूललाई ।
कस्ले देला फेरि डुल्न लात्ती हान्ने त्यो भूललाई।।
दिनरात प्यासी बनी तिर्खाएर धाउनेहरु
जतनले जोगाइ राख पानी दिने त्यो मूललाई।।
बैगुनी छ यो दुनियाँ आफ्नो स्वार्थ मात्र हेर्छन् ।
रस नपाए आफ्नो छोडी अर्कै फूल ताकी फेर्छन् ।।
जतन गर्ने समयमा खटन गर्ने धेरै भए...
यो दुःखीको पीर व्यथा अब कसले टेर्छन् ???
बैगुनिलाई गुनले मार्ने छैन यहाँ चलन
फुल रोज्दै हिंड्नेहरु एक दिन त रोलान
जतन गर्न जान्नेले दिनु किन खटन गर्न
आफ्नो दु:ख आँफै हर्न जान्नु पर्छ मदन ...
बैगुनीलाई गुण छर्न बाटो मोड्नु पर्यो ।
आफ्नो दुःख आफै हर्न नेपाल छोड्नु पर्यो ।।
दुःखमाथि विपत्ति आउँदा गुण बैगुनी भो...
त्यसैले त मुना मैले अर्कै जोड्नु पर्यो ।।
पौरखी हातहरु जहाँ गए नि हुन्न खाली!
कहिले दु:ख कहिले सुख संघर्ष हो जिन्दगानी !!
सुख दु:ख जे भए नि बाढौला नि बराबरी !!!
दशैं मान्न जसरी नि घर आउनु यसैपली!!!!
कर्मठ मेरा हात बोकी मुग्लानतिर धाउँछु ।
मेरी प्यारी मूना तिम्लाई हृदयमा पाउँछु ।।
घर-आँगन, छोरा-छोरीसँग मन भूलाऊ...
यसपालीको दशैं नभए अर्को साल आउँछु ।।
ती पौरखी हातहरु आफ्नै देशमा लाए हुन्छ !
साच्चै मेरो माया भए छिट्टै फर्की आए हुन्छ !!
सधैं टाढा हुने भए किन चाहियो साथ यहाँ !!!
अर्को साल आउने भए मुग्लन तिरै धाए हुन्छ !!!!
- Bishnu बैकुण्ठे
मुना तिमी कठोर हुदा आफैभित्र जेल हुन्छ ।।
मुग्लानी धन साथमा ल्याउँदा दुःख हाम्रा भाग्नेछन्....
धैर्य गर तिम्रो-मेरो आउने सालमा मेल हुन्छ ।।
maza aa gaya dhohari padhkar.... waiting for next thx.