सम्झनामा खस्छ आँसु पौडी खेल्दै बाँच्नु पर्यो
विछोडका चोटहरू भुलेर नै हाँस्नु पर्यो
तिम्रो मुखमा यौटा तर मनमा अर्कै भएपछि
जलाउँदैछु स्वप्नहरू कस्का लागि साँच्नु पर्यो
जिन्दगीमा आँसु मात्र मेरो साथी हुन थाल्यो
बैगुनीलाई सम्झिसम्झी किन मन भाँच्नुपर्यो
यादहरु समेटेर विरहको गीत गाउँदै
कल्पनाको महल बनाई दिन किन मास्नु पर्यो भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
छरिएका खुशीहरु एक एक गर्दै गाँस्नु पर्यो