मुक्तक
बिकल्पको बाटो छैन भन्ने नसोच
मुल्यहिन सम्झी मिल्काउन नखोज
समयले देखाउनेछ रङ जिन्दगीको
जीवनका समस्या,संघर्स देखि नभाग!!!
न हाँस्यौ कहिल्यै तिमी न त हाँस्न नै दियौ
न गर्यौ न्याय म माथि न त बाँच्न नै दियौ
फुलौला भन्थे बगैचामा गुलाब झै मुस्कुराउदै
कोपिलामा नै धुजा धुजा पारी फाली दियौ !!!