बलदेव भट्ट "बिहानी"
मैले आजको बिहान बकैनाको हाँगामाथि गुँड देखें
च्याप्टेमकैको आँखामा एउटा सपना देखे,
मलाई तिनकै कल्पनामा आजको साँझ
चिलाउनेका रुखघारीमा बसी एउटा कविता कोर्नु थियो!!
म सिमखेत, सिसौंघारी सबैतिर दिनमा
गुँडको सिंगिया हाट सुरक्षित होस् भन्ने सोच्छु,
मेरो बाबाले हिड्नु भएको बाटोमा मरियमको प्रेम
ध्वंसपछिको आकाश बोकेर बकैनाको हाँगामा आओस्,
म यिनै फूलबुट्टाहरु मा थोपाहरुको मगज भर्छु!!
मैले मेरो अनुहार धेरै नियालेको छु
मलाई दर्पणले मेरो कोठीमा क्यान्सर बोलेको मन पर्दैन,
नुनिलो महासागरमा नुन खन्याएर पुल निर्माण गर्ने
दर्पणको टपरे धृष्टता लाइ मेघको आँखामा भर्दै,
सुघौली सन्धिका सबै दस्ताबेजमा रगत वृष्टि गर्दैछु!!
आँधिले आँधीकै कुरा सुसेलोस मध्यान्हमा
राष्ट्रिय फूलदानीमा बकैनाको गुँडको आवाज कोर्नु नै छ,
मर्नु अगावै प्रिय धर्ति-पुत्रहरु को आंकलनमा
मेरा बस्तिका गुप्तचरी सिंहासनहरुको निम्ति,
निस्खोट स्वतन्त्रताका केहि अक्षर च्याप्टेमकैका निधारमा छोड्दैछु!!