गजल

गजल


जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
दु:ख दर्द बेदनाले बारेको जिन्दगी

टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा
देखावटी मुस्कानले टारेको जिन्दगी

गहभित्र लुकाएर आँसु यो बिछोडको
छ जिउँदो  अभावले मारेको जिन्दगी


बिबशताको भुमरीमा आँधी झै उर्लिदै
जसोतसो बगरमा नारेको जिन्दगी


बाँच्नु छ कत्ति अझै निष्टुरी जगमा
बाध्यताले अलपत्र पारेको जिन्दगी







2 comments

  1. राम्रो सृजना ! तर जिन्दगी देखि निराश नहुनुस है -भगवती जी !

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati