गजल
जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
दु:ख दर्द बेदनाले बारेको जिन्दगी
टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा
देखावटी मुस्कानले टारेको जिन्दगी
गहभित्र लुकाएर आँसु यो बिछोडको
छ जिउँदो अभावले मारेको जिन्दगी
बिबशताको भुमरीमा आँधी झै उर्लिदै
जसोतसो बगरमा नारेको जिन्दगी
बाँच्नु छ कत्ति अझै निष्टुरी जगमा
बाध्यताले अलपत्र पारेको जिन्दगी
जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
दु:ख दर्द बेदनाले बारेको जिन्दगी
टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा
देखावटी मुस्कानले टारेको जिन्दगी
गहभित्र लुकाएर आँसु यो बिछोडको
छ जिउँदो अभावले मारेको जिन्दगी
बिबशताको भुमरीमा आँधी झै उर्लिदै
जसोतसो बगरमा नारेको जिन्दगी
बाँच्नु छ कत्ति अझै निष्टुरी जगमा
बाध्यताले अलपत्र पारेको जिन्दगी
nice!!!
राम्रो सृजना ! तर जिन्दगी देखि निराश नहुनुस है -भगवती जी !