अनिश्चित यात्राहरू, अलमल्ल जीवन
अनगिन्ती आशाहरु, असरल्ल जीवन
जिन्दगीको मूलबाटोमा भौँतारिने बटुवा
अर्थपूर्ण गन्तब्यको, रनभुल्ल जीवन
भोगाइका पलहरू, मान्छे पिच्छे फरक
कल्पनाका लहरमा, झलमल्ल जीवन
अन्धकारमा जुनकिरीझैँ, बाल्दै हिँडेँ प्रकाश
संघर्षशील यात्राहरू, छताछुल्ल जीवन
