सुख खोज्दै भौतारिने रहर भो जिन्दगी
सागरलाई चुम्न बगेँ काली बनी सधैंभरि
एक्लो यात्रा एक्लोपन जहर भो जिन्दगी
क्षितिजलाइ लक्ष्य भनि दौडिरहेँ पछि पछि
आशै आशमा अल्झिएको प्रहर भो जिन्दगी
कोहि आफ्नो हुन्न रैछ निर्मोही यो दुनियाँमा
बाढी पैरो थेगी बग्ने नहर भो जिन्दगी
