गजल

अति याद आउछ तिम्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार तिम्रो नेहेरेको धेरै भयो

खुलाइएको जीवन थियो, सप्तरंगी इन्द्रेणी झै
रङ्गीन त्यो दुनियामा, नखेलेको धेरै भयो

उच्छवासमा खेलिएका, कल्पनाको सँसारमा
लहरिदै मनका सपना, नलेखेको धेरै भयो

समयको पावन्दिले उजाडेर लगेपछि
तिमीसँगै वितेका पल, नभेटेको धेरै भयो

1 comments

  1. "अति याद आउछ तिम्रो नदेखेको धेरै भयो
    लजालु त्यो मुहार तिम्रो नेहेरेको धेरै भयो"
    साच्चै नै मिठो गजल भाव भगवती जी ! प्रवासको लामो बसाइको अबधिमा सबैमा उब्जने कुरा कुरा हुन् यी !

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati