Posted by
भगवती बस्नेत
on 08:03
भगवतीः | विवशः |
प्रेम भन्ने जातै यस्तो
माया लागे हुने कस्तो फूलको सुन्दरता हेरि हेरि सुगन्धमै रमाइरहुँ जस्तो । |
सँगै बस्दा जलाउने
टाढा हुँदा गलाउने कस्तो रैछ जातै यस्तो अमर प्रेम कहलाउने |
अनुभले मान्छे सिक्छ मले मान्झे फुल्छ सागरमा तरे भन्दा विछोडले मुटु दुख्छ । |
अनुभव गरे हुन्छ प्रेम सागर तरे हुन्छ सुगन्धको लोभ लागे आत्मैदेखि भरे हुन्छ ! |
दुख्ने मुटु सिउन पाए
अमृत अझै पिउन पाए खुशी मिल्थ्यो जिन्दगीमा सँग सँगै जिउन पाए !! | दुख्ने मुटु सिलाए हुन्छ अमृत सम्झि पिलाए हुन्छ साँचो प्रेम ठाने देखि आत्मैदेखि मिलाए हुन्छ । |
चाहे जस्तो पाउनु कहाँ छेक्बार छन धेरै यहाँ साथ पाए संगै तर्न पार लाग्छन डुंगा जहाँ !! | छेक्यो केले सँगै जिउन पर्दैन भो अमृत पिउन सँगै तरेो मनको डुङ्गा जिन्दगीलाइ पार दिउँ न। |
विद्वान भए पढि पढि रिस भुली अघि बढि एकजुट भै मिलीजुली लक्ष्य भेट संघर्ष गरि ! | राम्रो कुरा पढ्नुपर्छ सधै अघि बढ्नुपर्छ छेकबार सबै हटाएर सफलतामा चढ्रनुपर्छ ! |
मन मिले कुरा मिल्छ तिम्रै साथ भए पुग्छ कुरा मिलाउ भन्दा फेरि आशाहरुको दियो बल्छ ! कर्मले नै भाग्य बन्छ मायाले नै माया तान्छ जुनि काट्ने कुरा सुन्दा मुटु भित्र हल्चल हुन्छ !! | कुरा थियो मिलाउने एक अर्कामा विलाउने कसरी भो ज्ञानका कुरा? अर्कै आभास दिलाउने । आएछ कि त भाग्य फेरि तिम्रो साथ पाउँदा खेरि खुशी हुन्छु तिमी भए जुनी काट्छु हेरि हेरि । |
बसि राख भर परि साथ दिउला सधैँ भरि सुगन्धमा रमाउँदै आउँदैछु म बेशी झरी। | माया मैले गरेकै छु तिम्रै भर परेकै छु तिमी आउने बाटो भरि सुगन्धी फूल छरेकै छु । |
Amazing, wonderful, I have enjoyed to read it,,,
thanks for nice posting...wish you all the best.