गजल
रात्रीको शीत भै आफैं झरेको पल सम्झन्छु
तिमी मै ओझेल सुस्त परेको पल सम्झन्छु
सुन्दर प्रेमको डाली मुनामै भाँची दिएछौ,
भरोशा टुटाई पीडा भरेको पल सम्झन्छु
जीवन बिताउने संगै खाएको बाचा भुलेर
चाहना त्यागेर पर सरेको पल सम्झन्छु
मौसम फेरिए जस्तै फेरियौ तिमी यसरी
मोडमा पुगेर आँखा तरेको पल सम्झन्छु
हिड्नुछ सहारा बिना जीन्दगी भन्नु यस्तै रे
बुझाउन नसकी मन मरेको पल सम्झन्छु्