गजल

गजल


हाँसे पनि  जिन्दगी यो चम्काउने धुन छैन
कति हेर्छु आकाशमा मैलै खोज्या जून छैन

धेरै गार्हो हुने रैछ एक्लै यात्रा गर्न यहाँ
माया साथै भए पछि भन साथी कुन छैन ??

शुन्य लाग्छ तिमी बिना धड्कन मेरो पनि अचेल
धन को कुरा नगर भो जाडो छेक्ने ऊन छैन

रोएर नै के हुन्छ र टाढा हुन खोज्यौ तिमी
बैगुनिलाई सम्झी कति बसौ एउटा गुन छैन

1 comments

  1. lava says:

    Superb photography, emotions, feelings, reality, and worlds exact status portrayed, Salute for this beautiful masterpiece

Leave a Reply

Copyright 2011 Mylovelysansar All rights reserved Designed by Bhagawati