
आज अर्पन मलिनो अनुहार बनाएर बसेका छन् । धेरैदिन अगाडिदेखिको ठुलै चोट परेजस्तै देखिन्छ उनलाई । बाहिर घमाईलो मौसम हुँदै गर्दा पनि उ भित्रै आमाकै वरपर लुटुपुटु गरिरहेको छ । आमाले के भन्नुभएछ कुन्नि! उनि भन्दै थिए, – “हजुरले मेरो लागि कै नै गरिदिनुभएको छ र?, यो पटक मेरो जन्मदिनमा नमनाई दिने ? मेरा साथीहरु भने क्या स्मार्ट भएर हिडछन् । मेरो भने न भनेको जस्तो कपडाहरू नै छन्, न भनेको जस्तो जुत्ता नै । यस्तो टिन्यजर छोराको चाहना बुझिदिनु पर्छ नि मामु हजुरले । अहिलेको जमाना कहाँ पुगिसक्यो । कलेज जानको लागि न एउटा फेसनयबल ब्याग पनि छैन । खाजा खानको लागि पैसा पनि मागिरहनु पर्ने । अनि कलेजमा दाइदिदिहरूको फेरवेल पार्टी पनि छ । नयाँ कपडा लाउनु पर्ने । सबै साथीहरु बाइकमा कलेज आउछन, आफु चै बसमा कोचिएर कलेज् जानु पर्ने ! यो जन्मदिनमा त मलाई बाईक नभै हुन्न है मामु ! बाइक नभए त म भोलिबाट कलेज नै जान्न । यस्तो पैसाको अभाव हुनेले किन छोरा पाउनु होला.....!”
आमा सम्झाउदै भन्छिन् –“छोरो हामी साधारण परिवारको मान्छे, तिमीले भने झै गर्न, कि तिम्रो बाबाले २ नम्करी धन्दा गर्नु पर्यो, कि त भ्रष्टाचार गर्नु पर्यो नत्र त कहाँ पुग्छ र? तिम्रो बाबाको कमाइले काठमान्डौमा बिहान बेलुकाको हात मुख जोर्न त मुस्किल छ, तिम्रो माग कसरी पूरा गरूँ म.....!”
छोरो फेरि जङ्गिन्छ –“यस्तो भनेको पुर्याउन नसक्नेले किन महँगो कलेजमा छोरोको भर्ना गर्नु? महँगो कलेजमा पढेपछि छोरो नि महङ्गो हुन्छ भन्ने थाहा छैन! यस्ताले त सरकारी कलेजमा पढाएको भए भईहल्थ्यो नि ..!”
आमा केहि नबोली मनभरि कुरा खेलाउँदै बजार जान्छिन् । दिनभरिको बजार सकेर फर्कदै थिईन् । घर नजिकै पुगेपछि बाटो काट्नुपर्ने थियो । मनमा कुराहरू खेलिरहेकाले बाटो वरपरको ख्यालै गरेकी थिईनन् । नभन्दै बाटो काट्दै गर्दा तेजसँग आएको बाइकले ठक्कर दिन्छ । आमा गर्ल्याम्म ढल्छिन र बाटोमा पछारिन्छिन् । रगताम्मेसँगै बेहोस् हुन्छिन् । एकैछिनमा वरपरका सबै मानिसहरू जम्मा भएका हुन्छन् । उनको हातमा छोराको लागि जन्मदिनको केक अर्डर गरेको बिल र छोराको लागि ल्याएको कपडाहरू हुन्छन् । तर छोरालाई भने आमा दुर्घटनामा परेको थाहा हुँदैन । किनकी छोरो कुनै ब्याचलर पार्टीमा ब्यस्त हुन्छ ।

देशमा शान्ती पुनर्स्थापनामा सकृया सहभागी तथा पुर्व प्रधानमन्त्रि एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मण्डिखटारस्थीत सुजता निवासमा उपचारका क्रममा हिजो मृत्यु भयो। दिउसो १२ बजेर ११ मिनेट जादा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले म्रित घोषणा गरेका थिए । आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
राणा प्रधानमन्त्री चन्द्र शम्सेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित देश निकाला गरेपछि ४५ जनाको परिवारसहित भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा भारतीय विहार राज्यको सहर्स जिल्लाको टेडीमा पुगेको थियो । निर्वासन अवस्थामा रहेको बेला जन्मनु भएको थियो सभापति कोइराला । गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाँहरुको सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । कोइराला परिवारको आयस्रोत खेतीपाती थियो ।
चन्दशम्सेरको मृत्युपछि पिता कृष्णप्रसाद कोइराला वि.सं. १९८६ मा विराटनगर फर्कनु भयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो। पछि वि.सं. १९०३ साल असोज २ पिता कृष्णप्रसाद कोइरालाले राणा शासन विरुद्ध विराटनगरबाट जनताका थोत्रा कपडा हुलाकमार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरणसहित पूर्ण देश निकाला गरेको थियो । पिता कै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति गिरिजाप्रसाद कोइारालामा । त्यसैले उहाँ २३ वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । २३ वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाले । सन् १९४८ मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्न भयो। सन् १९५२ देखि १९६० सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति बन्नु भएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी ७ वर्ष सम्म जेल हालियो। उहाँले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्तालसमेत गर्नुभयो ।
जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि विपीसँगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५ देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते विपी कोइरालाको निधनपछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैषाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको ९ औं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो। सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुनः पार्टी सभापतिमा निर्वाचित हुनभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ सम्म ललितपुरमा भएको ११ औं महाधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुनः निर्वाचित हुनुभयो ।
जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। दिल्लीमा भएको बाह्र बुँदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको छ ८७ वर्षीय कोइरालाको। नेपाली प्रजातान्त्रिक आन्दोलनमा अग्रज तथा पहिलो विराटनगर मजदुर आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले निरंकुश राणा शासन विरुद्ध पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० वर्ष लामो युद्ध गरेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो। संसारमै शाम्यवादी आन्दोलन शंकटमा रहेको चर्चाकाबीच पनि कोइरालाले शसस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ। २०४६ को जनआन्दोलपछि नेपालमा कम्युनिष्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीको रुपमासमेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछि दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो ।
माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चिनुनुभयो। तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो। युद्धकालमै माओवादीसँग राजतन्त्र विरुद्ध सहमति गरेपछि नेपाली कांग्रेसभित्रैसमेत कोइरालाको कडा आलोचना भयो। तर कोइरालाको व्यक्तित्व अगाडी त्यो विरोध गलत बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाई गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइरालाले नेपाली राजनीतिको केन्द्र भागमा हुनुहुन्छ ।
गिरिजा प्रसादको हिजोको देहावासानले कोइराला र काङ्ग्रेस मात्रै गएन कि देश पनि संगै गयो यस्मा दुइमत छैन।
कस्तो छ ?
मुलुकले अहिले त्यहि पीडावोध गरिरहेको छ । हो, अहिले सम्पूर्ण मुलुकवासीले आफ्ना अभिभावक गुमाएका छन् । मुलुकले युगपुरुष गुमाएको छ । शान्ति प्रकि्रया टुंगोमा पुर्याउन बृद्ध उमेरमा पनि राजनीतिमा उत्तिकै सकि्रय युगपुरुष गिरिजाप्रसाद कोइरालाले शनिबार अपरान्ह सधैंका लागि बिदा लिएपछि मुलुकवासी शोकमा डुबेका छन् ।लामो समयदेखि जुझारु भई अभिभावकीय भूमिका निर्वाह गर्दै आउनु भएका गिरिजाप्रसाद कोइरालाको योगदान नेपाली राजनीतिमा अतुलनीय छ र रहिरहनेछ । उनको स्थान र उचाई प्राप्त गर्न नेपाली राजनीतिले सँ“च्चिकै लामो समय धैर्य भएर कुर्नुपर्नेछ । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत प्रजातन्त्र र स्वतन्त्रताप्रति समर्पित जुझारु नेताका रुपमा पहिचान बनाएका गिरिजाप्रसाद कोइराला नेपाल र नेपालका निम्ति गौरवान्वित व्यक्ति हुन् ।उनि नेपाली कांग्रेसका मात्र नेता होइनन् सम्पूर्ण राष्ट्रका सच्चा नेता हुन् जसले आजीवन प्रजातन्त्रका लागि योगदान गरेका छन् । व्यक्तिगत, दलगत संकीर्णताबाट माथि उठेर राष्ट्र र जनतालेसम्मान प्रदान गरेमात्र यी महानायक प्रति सच्चा श्रद्धाञ्जली ठहरिने छ ।
मान्छेको औसत आयु त सक्रिय राजनीतिमा नै समर्पित गरेर नेपाली जनताको स्वतन्त्रताको चाहनाका निम्ति निरन्तर लगनशील र प्रजातन्त्र विरुद्ध कसैस“ग सम्झौता नगर्ने उनको जीवनको नेपाली जनताले उच्च मूल्यांकन गर्नेछन् र गर्नुपर्दछ । करिब तीन पुस्तास“ग जुधेर नेपाली लोकतन्त्रलाई वास्तविक रुपमा जनतालाई हस्तान्तरण गर्न २४० वर्ष देखिको एकदलीय निरंकुश वशांणुगत विरासतको अन्त्य गर्दै गणतन्त्र स्थापनाका निम्ति महत्वपूर्ण भूमिका खेलेका उनी सँ“च्चिकै महानायक हुन् । उनको हठ, निर्णय क्षमता, अडान, संघर्षशील स्वभाव, हस्तक्षेपकारी भूमिका र अभिभावकत्व प्रदान गर्ने शैली भावी पूस्ताका लागि समेत सदैव शिक्षाप्रद प्रेरणादायी रहनेछ । उनि त नेपाली राजनीतिका मियो थिए